

बुधबार लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको छ । सात वटा प्रदेशमा ८ मतदान स्थलका १४ मतदान केन्द्रमा १९ सिटका लागि मतदान हुँदैछ ।

मतदान स्थलको व्यवस्थापन, मतपत्र तयारी लगाएका काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदान स्थलमा बुथ निर्माणको काम, मतदान अधिकृत खटाउने लगायतका काम सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले भने–‘निर्वाचनको तयारी पूर्ण रूपमा सम्पन्न भइसकेको छ । अहिले ९ बजेदेखि ३ बजेसम्म मतदान हुन्छ ।’
आयोगले २१ बुँदे स्वास्थ्य मापदण्डहरू तय गरेर निर्वाचन अधिकृतको कार्यालयमा पठाएको छ । सरकार र सीसीएमसीले तयार गरेको स्वास्थ्य मापदण्डका आधारमा आयोगले स्वास्थ्य मापदण्डहरू तयार गरेको छ । ती स्वास्थ्य मापदण्डहरू पूर्ण रूपमा पालना गरेर मतदान गर्ने तय गरिएको आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।


