Aamsanchar

महगो बटटामा भारुको सटही गरेको आरोपमा एक पक्राउ

Author Image
शुक्रवार, मंसिर २४, २०७३

भद्रपुर ।ic-varu-indian-currency

गैरकानुनी रुपमा पसलभित्र महगो बटटामा भारतीय रुपैया सटही गरेको आरोपमा प्रहरीले एक कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

भारतमा ५ सय र १ हजारको पुरानो नोटबन्दी भएपछि झापाको सिमा क्षेत्रमा झोले तथा पसलभित्र लुकाएर सर्वसाधारणवाट महंगो बट्टा लिएर रकम सटही गर्ने गरेको जनगुनासो बढेलगतै जिल्ला प्रहरी कार्यालय झापाले यसतर्फ अभियान सुरु गरेको हो ।
अभियान सुरुगरे लगतै वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर ७ बस्ने ३० वर्षिय वैजु साहलाई नियन्त्रण लिएर छाडेका छन् ।

साहको भद्रपुरबजारमा सञ्चालित हरि किशन ट्रेर्डस (जुत्ताचप्पल पसल) मा गैरकानुनी रुपमा भारतीय रुपैयाको कारोबार गरी सर्वसाधारणवाट नियम भन्दा बढी रकम लिएको सूचनाको आधारमा वुधवार साँझ पसलवाट नियन्त्रणमा लिएको वडाका प्रहरी निरीक्षक राजन कुमार न्यौपानेले जनाए । साहको साथवाट रकम फेला नपरेपछि विहिवार स्थानीयबासी, सटही काउन्टरका प्रतिनिधी राखेर छलफल गरी अव उप्रान्त यस्तो धन्दा नगर्ने सर्तमा लिखित कागजात गराएर छाडि दिएको प्रहरी निरीक्षक न्यौपानेले बताए ।

त्यस्तै झापाको काकरभिट्टामा झोले व्यापारीको विगविगीलाई निरुत्साही बनाउने क्रममा वेवारिसे अवस्थामा प्रहरीले २३ हजार २ सय ९० भारतीय रुपैयो फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले बताए ।

काकरभिटटाका झोले व्यापारीले सर्वसाधारणवाट भारतीय एक सय बरावर साटदा २० देखि ४० रुपैया सम्म वटटा लिने गरेको जनगुनासो आएसगै प्रहरी नियमीत गस्ती सूरु गरेको छ । प्रहरी टोलीले खेदाउने क्रममा झोले व्यापारीले बाटैमा रकमको झोला छोडेर भागेकोले सो रकम फेला परेको डिएसपी शर्माले बताए ।

विषेश गरी काकरभिट्टा र भद्रपुर नाकामा भारतीय रुपैयाको अवैध कारोबार गर्ने व्यापारीलाई तत्काल पक्राउ गर्ने निर्देशन दिइसकेको बताउदै प्रहरीले विभिन्न उपाय लगाएर सर्वसाधारणलाई ठगिनेवाट जोगाउनलाई अभियान सूरु गरिसकेको एसपी शैलेश थापा क्षेत्रीले बताए ।

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर