

विराटनगर। प्रदेश १ राष्ट्रियसभामा खुलातर्फ सत्ता गठबन्धनका उम्मेद्वार गोपाल बस्नेत विजयी भएका छन् । गठबन्धनका गोपाल बस्नेत र एमालेका गुरु बरालको बराबरी मत आएसँगै गोला तान्दा गठबन्धनका बस्नेत विजयी भएका हुन् । काँग्रेसका गोपाल बस्नेतले ४ हजार ४ सय ८८ मत पाउँदा एमालेका बरालले पनि त्यति नै मत पाएका थिए ।

त्यस्तै, अल्पसंख्यकतर्फ एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन् । उनले प्रदेशसभाका ४२ जना र १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाएका हुन् । ४ हजार ७ सय ५२ मतभार उनले प्राप्त गर्दा गठबन्धनका हेमराज राईले ४९ प्रदेशसभातर्फ र स्थानीय तहका ११३ जनाको मत प्राप्त गरे ।
जसपाका उनको कूल मतभार ४ हजार ३ सय ८६ मत भएको छ । गठबन्धनतर्फ धेरै मत भए पनि जसपाका राईले कम मत पाउँदा एमाले उम्मेद्वार शेर्पा विजयी बनेका हुन् ।

Views: 100

