Aamsanchar

झापा–इलाम सिमा नजिकै पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु एक जना घाईते

Author Image
बिहिवार, माघ १३, २०७८

इलाम । झापा–इलाम सिमा नजिकै  रोङ गाउँपालिका–४ मा आज बिहान भएको पिकअप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बिहान पौने ६ बजेको समयमा झापाबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा पिकअपमा सवार रहेका झापा मेचीनगर नगरपालिका–४ का ५५ बर्षीय रमेश थापा र ४० बर्षीय सुर्य वहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोलीले घाईते भएका पिकअप चालकको विर्तामोड स्थित एक अस्पताल उपचार भई रहेको प्रहरीले जनाएको छ ।

 

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर