Aamsanchar

सपना सपनै रहयो,कहिल्यै पुरा नहुने भयो

Author Image
आइतवार, मंसिर २६, २०७३

भरत शिवाकोटी

 समाचारदाता,[युएई]24_187_11591hcopy copy

नेपालीहरुको रोजगारीको थलोको रुपमा विगत लामो समयबाट गन्तव्य भएको वैदेशिक रोजगार कति व्याक्तिका लागि सुखद र सन्तोसजनक रहेको छ भने कतिका लागि दु:खद र पिडादायक ।

सपना सजाएर वैदेशिक रोजगारीमा परदेशिएका धेरै नेपालीहरुको भिडमा विगत सात वर्ष भन्दा बढी समयदेखि साउदी अरबको एक कम्पनीमा कार्यरत व्याक्ति थिए रोहित लिम्बु, जसको सपना पनि अन्य व्याक्तिहरुको सपना भन्दा भिन्न थिएन । थोरै जमिन जोडुला, एउटा सानो झुप्रो हालुला अनि परिवारको र दु:खसुख गरेर चलाउला, तर सपना सपनै रहयो,कहिल्यै पुरा नहुने गरि ।

२०७३ भदौ १४ गते कोठा बाट डयुटी जाँदै गर्दा साउदी अरबमा सवारी दुर्घटनामा परि २९ बर्सको अल्पायुमा नै अन्य व्याक्तिहरुको साथमा असामयिक निधन भएका रोहित लिम्बु झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा न.- ५ निवासी थिए । न्यून आर्थिक स्थितका कारण २०६६ सालदेखी रोजगारीको निमित्त साउदी अरबमा कार्यरत लिम्बु पछिल्लोपटक २०७२ मा घर बिदामा आएर पाँचथरकी मनमाया लावती सँग विवाह बन्धनमा बाँधिएर गत चैतमा पुन: साउदी फर्किएका उनि अन्तत: नेपाल त फर्किए तर बन्द बाकसमा ।

लिम्बुको मृत्युको खबरले मर्माहत भएका परिवार, आफन्तजन तथा सम्पूर्ण सबैले तिन महिना भन्दा बढी समय सन्ताप र वेदनामा बिताउन पर्यो । मृतकका आफन्त केशर साम्सुहाङले विभिन्न व्याक्ति तथा पररास्ट्र मन्त्रालय मार्फत डेथ बडी चाँडो ल्याउन प्रयत्न गरे पनि ढिलो भएको प्रतिक्रिया दिएका छन । युएईमा रहेका मृतकका छिमेकी भरत शिवाकोटीले प्रवासी नेपाली मन्च युएई मार्फत साउदीमा रहेको प्रवासी मन्चलाई सम्पर्क गरि लिम्बुको लाश जतिसक्दो चाँडो फर्काउन पहल गरेका थिए भने प्रवासी नेपाली मन्च साउदी अरबका अध्यक्ष बलराम गिरीले साउदी अरबको कानुनी प्रक्रिया तथा मृतक कार्यरत कम्पनीको ढिलासुस्तीका कारण नेपाली दुतावास साउदी अरबको सहकार्यमा आफुहरुले सहयोग गर्दै लाश पठाएको जानकारी दिएका छन ।

मृतकले आफु कार्यरत कम्पनिबाट पाउन पर्ने तलब बाँकी रहेको र सो लिनका निमित्त विभिन्न कठिनाइले गर्दा लामो समय लाश पठाउन पाइएन,  हाल कम्पनिले उक्त रकम लेबर अफिसमा जम्मा गरेको छ र अब सो रकम नेपाली दूतावास मार्फत नेपालमा मृतकका आफन्तलाई पठाइने छ अध्यक्ष गिरिले बताए ।

सानो उमेरमा नै समाज सेवाको भावनाले ओतप्रोत भएका लिम्बुले तात्कालिन समयमा गाउँमा गठित सृजनसिल समाज सेवा परिवारमा रहेर हरेक बर्सको दीपावलीमा निरन्तर कुशल नृत्य गर्दै समाजका निमित्त सरसामान जोड्न सहयोग गरेका थिए । अत्यन्तै मिलनसार, सहयोगी एवं हसिलो स्वभावका धनी लिम्बु सँगै नृत्य गरेर समाजका निमित्त जोडेका सर सामानहरु समाजमा नै रहेपनि आफु सँगै नृत्य गरेको साथीको निधनले पिँडा भएको र आफुहरुको एउटा हिस्सा सँधैका लागि बिदा भएपनि उसको योगदान र सम्झना समाजले गरिरहने विश्वास सँगै नृत्य गर्ने धन कुमार राई,केसब शिवाकोटी तथा पूर्ण कुमार श्रेष्ठले बताए ।

अत्यन्तै निम्न आर्थिक अवस्था भएका रोहितको दुर्घटनामा परि निधन भएको खबर पाएपछि युएईमा रहेका छिमेकीहरु देवी लावती,पूर्ण कुमार श्रेष्ठ तथा भरत शिवाकोटीको अग्रसरतामा युएई तथा विभिन्न देशमा रहेका गाउँलेहरु एवं अन्य इच्छुक केहि व्याक्तिहरुबाट आर्थिक सहयोग संकलन गरिएको र सो रकम समवेदनाका साथमा मृतक लिम्बुको पुण्यतिथिमा परिवारलाई हस्तान्तरण गरिने जानकारी लावती तथा शिवाकोटी बाट प्राप्त भएको छ । सहयोगी मनहरुले गर्ने यस्तो कार्यले परिवारलाई सहयोग पुग्ने तथा गाउँ र समाजलाई समेत एकताको मालामा उन्न सक्ने अमेरिकामा रहेर सहयोग गर्नुहुने छिमेकी तेज नेम्बाङ तथा कोरियामा रहेका पदम राईले बताएका छन ।

मृतक रोहित लिम्बुको डेथ बडी गत मङ्सिर २३ गते आफन्तजनले बुझी २४ गते स्थानीय कन्काई नदीमा दाहसंस्कार सम्पन्न गरिएको छ ।

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर