Aamsanchar

प्रदेश १ : मन्त्री थपेको विरोधमा प्रदेश प्रमुखको कार्यालयअगाडि प्रदर्शन

Author Image
आइतवार, माघ २३, २०७८

विराटनगर – प्रदेश नम्बर–१ मा मन्त्री थपिएको विरोधमा नेकपा (एमाले)निकट विद्यार्थी संगठन र युवा संघमा आबद्ध विद्यार्थी–युवाले प्रदेश प्रमुखको कार्यालयअगाडि प्रदर्शन गरिरहेका छन् ।

आज कार्यालय प्रवेश गर्ने सडकमा अवरोध गर्दै बिहानैदेखि उनीहरूले प्रदर्शन गरिरहेका छन् ।प्रदेश–१ मा सात मन्त्रालय फुटाएर १३ बनाइएकोले विरोधमा उत्रिएको युवा संघका नेता मुकेश बुढाथोकीले बताए ।कोसी राजमार्गको ढाटनजिकैबाट प्रदेश प्रमुखको कार्यालय छिर्ने सहायक सडकमा त्रिपाल ओछ्याएर विद्यार्थी धर्नामा बसेका छन् ।

Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर