Aamsanchar

मन्त्रिपरिषदको बैठकद्वारा एमसीसीको व्याख्यात्मक घोषणा ग्रहण

Author Image
आइतवार, फागुन १५, २०७८

मन्त्रिपरिषदको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को व्याख्यात्मक घोषणा ग्रहण गरेको छ ।

संघीय संसद भवनभित्रै बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक घोषणाको ग्रहण गरेको हो । आज बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सैद्धान्तिक छलफल सकिएपछि बसेको मन्त्रिपरिषद बैठक व्याख्यात्मक घोषणा ग्रहण गरेको एक मन्त्रीले बताए ।

६ मिनेट बसेको बैठकले व्याख्यात्मक घोषणा ग्रहण गरेपछि आजै दोस्रो चरणमा बस्ने संसद बैठकबाट एमसीसीसँग त्यो पनि पारित हुनेछ ।

Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर