Aamsanchar

भागलपुरमा भएको विस्फोटमा दश जनाको मृत्यु

Author Image
शुक्रवार, फागुन २०, २०७८

काठमाडौं – भारतको बिहार राज्यको भागलपुरमा भएको विस्फोटमा दश जनाको मृत्यु भएको छ ।
भारतीय संचारमाध्यमका अनुसार बिहिबार राति भएको विष्फोटमा परेर दशजनाको मृत्यु भएको हो । भारतीय प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा अबैध रुपमा पटाका बनाउने बारुद र बारुदबाट बनेका अरु सामग्री विस्फोट हुँदा ३ वटा भवनमा क्षति पुगेको थियो । विस्फोटनमा परेर ९ जना घाइते भएका छन् । विस्फोटबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उचारका लागि अस्पताल भर्ना गरिएको छ । घटनामा संलग्न रहेको आशंकामा भारतीय प्रहरीले पटका बनाउने दुई जनालाई नियन्त्रणमा लिएको छ । तर पक्राउ परेका ती व्यक्ति दोषी हुन कि हैनन् भन्ने कुरा अनुसन्धानले मात्रै पत्ता लाग्ने प्रहरीको भनाई छ ।
एजेन्सी

Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर