

मोरङ । मोरङको बेलवारी नगरपालिका–४ को बेतना सिमसार क्षेत्रमा गत ८ गते चाँदीको गर–गहना लुटपाट भएको घटनामा संग्लग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक नगरपालिका–३ का २५ बर्षीय सबिन बिश्वकर्मा, बर्दिबास नगरपालिका–१ का ३४ बर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका–६ उदयपुरका २४ बर्षीय बिशाल बिक र ईटहरी–५ का २४ बर्षीय बादल बिक रहेका छन् ।

पक्राउ परेको यो समुहले चैत्र ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गर–गहना लुटपाट गरेको थियो । यसरी दमकबाट बर्दिबास लैजाँदै गरेको चाँदीका गहना लुटपाट भएको सूचना प्राप्त भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बेलवारीको प्रहरी टोलीले लुटपाटमा संग्लग्न मध्ये ४ जनालाई चाँदीका गहना सहित नियन्त्रणमा लिएको हो ।
घटनामा संग्लग्न अर्का एक जना फरार रहेको र उनको समेत खोजतलास भईरहेको तथा पक्राउ परेका ब्यक्तिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।


