Aamsanchar

भोजपुरमा आगलागी, एक बालिकाको मृत्यु, दुईजना घाईते

Author Image
शुक्रवार, वैशाख २३, २०७९

भोजपुर। भोजपुरको षडानन्द नगरपालिका-१४ बिहिबारे बजारमा आगलागीमा एक बालिकाको जलेर मृत्यु भएको छ भने उनका बुवा, आमा दुवै जना जलेर घाईते भएका छन् ।

हिजो बेलुका ७ बजे स्थानीय खेममणी तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागि भई घर पुर्णरुपमा जली नष्ट हुँदा निजको २ बर्षीया छोरी रेश्मा तामाङ आगोले जलेर घटनस्थलमा नै मृत्यु भएको र घर धनी खेममणी तामाङ, निजको श्रीमती मिना तामाङलाई आगोले पोली घाईते भएकोमा उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगिएको छ ।

उक्त आगो फस्ट राईफल गण दिङ्लाबाट खटिएको नेपाली सेनाको टोली, नेपाल प्रहरी र स्थानियको सहयोगमा राती साढे २ बजे नियन्त्रण गरिएको थियो । आगलागिबाट खेममणी तामाङ र अर्जुन तामाङ समेतको २ वटा घर र घरमा भएको किराना पसल र कपडा पसल समेत पुर्णरुपमा जली नष्ट हुँदा अन्दाजी २ करोड ६० लाख २३ हजार बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको छ ।

Views: 539

प्रतिक्रिया (०)

सम्बन्धित खबर