Aamsanchar

पाकिस्तानमा गहुँको अभाव

Author Image
आइतवार, वैशाख २५, २०७९

पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले गहुँ खरिद बढाउन निर्देशन दिनुभएको छ ।

कृषि प्रधान देश भए पनि गलत निर्णय र ढिलासुस्तीका कारण गहुँ र गहुँजन्य वस्तुको अभाव भएको भन्दै उहाँले आवश्यकता अनुसार आयात गर्न पञ्जाब सरकारलाई आग्रह गर्नुभएको हो ।

खाद्यान्न अभाव हुन नदिन आवश्यक मात्रामा आयात गर्न प्रधानमन्त्री सरिफले खाद्य सुरक्षा अधिकारीहरूलाई आग्रह गर्नुभएको समाचार संस्था एएनआईले जनाएको छ । पाकिस्तानबाट अवैधरूपमा गहुँ अन्तै गएको तर स्वदेशमा अभाव देखिएको विवरणमा तस्करी तत्काल रोक्न पनि उहाँले निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री सरिफले गहुँ भण्डारण गर्न उत्पादन नीतिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । पाकिस्तानमा यस वर्ष गहुँ अनुमानित खपत ३० दशमलव ७९ मिलियन टन हुने रिपोर्टमा उल्लेख छ ।

Views: 670

प्रतिक्रिया (०)

सम्बन्धित खबर