बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसका रोहित प्रसाईं वडाध्यक्षमा विजयी भएका छन् ।
प्रसाईंले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजेन्द्र लिङ्देनलाई पराजित गरेका हुन् । लिङ्देन निवर्तमान वडाध्यक्षसमेत हुन् । प्रसाईंले २५०८ मत ल्याए भने लिङ्देनले २२७१ मत ल्याएका छन् । अन्य सदस्यहरु नेकपा एमालेबाट निर्वाचित भएका छन् । महिला सदस्य शान्ता रोका क्षेत्री, दलित महिला सदस्य मालती बिक, वडा सदस्यहरु दुर्गाप्रसाद शिवाकोटी र ओमभक्त सेडाईँ निर्वाचित भएका छन् । बिर्तामोड ५ मा ८ हजार ८५९ जना मतदाता रहेकोमा ५ हजार ९४३ मत खसेको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
1
+1
+1
+1
+1
+1
Views: 473