Aamsanchar

दुर्गा प्रसाईको भ्रमण उपलब्धी, बार्षिक २ खर्ब सम्मको पानी दुबईले किनिदिने

Author Image
बुधवार, जेठ ११, २०७९

विर्तामोड । बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं र संयुक्त अरब इमिरेट्सको दुबई विकास प्राधिकरणका कार्यकारी निर्देशक खालिफ शेखर महम्मद बिच भेटघाट भएको छ । आज प्रसाईं र महम्मद बिच औपचारिक भेट भएको हो ।

भेटघाटको क्रममा कार्यकारी निर्देशक महम्मदले नेपालको स्वास्थ र शिक्षाको विकासमा काम गर्ने प्रतिबद्धता जनाएको भ्रमण टोलीमा रहेका बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका प्रवक्ता प्रोमिश गिरीले जानकारी दिए ।

व्यवसायिक भेटमा नेपालको कृषि उपज तथा हिमालको पानी मिनरल वाटरको रुपमा नेपालबाट दुबई निर्यात गर्ने सहमति भएको जनाईएको छ ।
बार्षिक २ खर्ब सम्मको पानी दुवईले आयात गरिदिने, यसैगरी नेपालको जडिबुटीलाई दुबईको बजारमा प्रवर्द्धन गर्ने सहमति भएको प्रवक्ता गिरीले आमसंचारलाई बताए ।

यो पनि पढनु होस् ।

बीएण्डसी हस्पिटलका दुर्गा प्रसाई र दुवई का अधिराजकुमार बिच भेटघाट

Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर