Aamsanchar

पोखराबाट जोमसोम तर्फ उढेको तारा एयरको जहाज वेपत्ता

Author Image
आइतवार, जेठ १५, २०७९

कास्की । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।

तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।

Views: 649

प्रतिक्रिया (०)

सम्बन्धित खबर