Aamsanchar

हराएको तारा एयरको विमान खोज्न हेलिकोप्टल पठाईयो

Author Image
आइतवार, जेठ १५, २०७९

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार रहेको जानकारी रहेको बताए ।

विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको थिएन । विमानको खोजीका लागि अहिले हेलिकोप्टर पठाईएको छ ।  एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न नसकेको बताइएको छ ।

अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ । यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो ।

 

Views: 711

प्रतिक्रिया (०)

सम्बन्धित खबर