

चारपाने । झापा विर्तामोड–२ चारपाने चोकमा दिवंगत राज परिवारको सम्झनामा स्मृति सभा गरिएको छ ।
चारपानेका ५० भन्दा धेरै युवाहरुले दीप प्रज्जवल र मौन धारणा गरेर तत्कालिन राजा विरेन्द्र शाहको परिवारको नाममा शोक मनाएका हुन् ।



स्मृति सभामा स्थानिय युवाहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भनेर नारा समेत लगाएका थिए ।



२०५८ साल जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ। तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो।

Views: 82

