Aamsanchar

इरानमा रेल दुर्घटना : २१ जनाको मृत्यु, ५० घाइते

Author Image
बुधवार, जेठ २५, २०७९

तेहरान : पूर्वी इरानमा बुधबार बिहान यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा २१ यात्रुको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन्।

समाचार अनुसार मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। रेल दुर्घटनाको विस्तृत जानकारी अझै उपलब्ध छैन। रेलमा ३५० जना सवार रहेको बताइएको छ, यद्यपि यात्रुको वास्तविक संख्या अझै थाहा हुन सकेको छैन।

रिपोर्टका अनुसार ताबास शहर नजिकै राति बिहानै रेलका सातमध्ये चारवटा डिब्बा पटरीबाट खसेका थिए।​ ताबास राजधानी तेहरानबाट करिब ५५० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ।

कम्तीमा १७ जना गम्भीर घाइते भएका छन्। केहीलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको जनाइएको छ।

यसअघि सन् २००४ मा इरानमा एउटा भयानक रेल दुर्घटना भएको थियो।  जसमा करिब ३२० जनाको ज्यान गएको थियो भने ४६० जना घाइते भएका थिए। सोही क्रममा पाँचवटा गाउँमा ठूलो क्षति पुगेको थियो।

Views: 537

प्रतिक्रिया (०)

सम्बन्धित खबर