Aamsanchar

दोहामा विश्वकपको पोस्टर सार्वजनिक

Author Image
बिहिवार, असार २, २०७९

कतारमा आगामी नोभेम्बर २१ देखि सुरु हुने फिफा विश्वकप फुटबलको आधिकारिक पोस्टर सार्वजनिक भएको छ । फिफाले बुधबार कतारको दोहामा विश्वकपको पोस्टर सार्वजनिक गरेको हो ।

हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमका बीच बुथायना अल मुफ्ताहले पोस्टर सार्वजनिक गरेकी हुन् । मुफ्ताहले नै यो पोस्टर डिजाइन गरेकी हुन् ।

कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 515

प्रतिक्रिया (०)

सम्बन्धित खबर