Aamsanchar

काडामाडौं महानगरले खुल्लामञ्च छेउमा अण्डरग्राउण्ड पार्किङ बनाउने

Author Image
आइतवार, असार ५, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नगर बजेटको नीति तथा कार्यक्रम ल्याएको छ । आइतबार मेयर बालेन्द्र शाहले नगरसभाको ११ औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । उक्त सभामार्फत मेयर शाहले साँस्कृतिक सहर काठमाडौंलाई नमुना शहरकै रुपमा विकास गर्ने योजना सुनाए ।

‘साँस्कृतिक सहर सम्मृद्ध नगर’ मुल नारासहित समग्र महानगरको आर्थिक, सामाजिक, साँस्कृतिक सुधार एवं विकाससँगै पर्यावरणीय सन्तुलन कायम राख्दै हराभरा बनाउने बताए । स्वतन्त्रबाट मेयर जितेको करिब डेढ महिनामा नै आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने सौभाग्य पाएका मेयर शाहले नीति तथा कार्यक्रममार्फत काठमाडौं महानगरपालिकालाई पूर्णरुपमा साक्षरता नगरको घोषणा गर्नेदेखि सहरलाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको हबको रुपमा विकास गर्ने समेत घोषणा गरेका छन् ।

यस्तै उनले हाल काठमाडौंको बढ्दो सवारी साधन र पार्किङ समस्यालाई मध्यनजर गर्दै काठमाडौं ११ स्थित खुल्लामञ्च छेउको खाली जग्गामा अन्डर ग्राउन्ड पार्किङस्थल बनाउने गरि सम्भाव्यता अध्ययन गर्नेदेखि स्थानीय नेवारी पेय पदार्थ (रक्सी) लाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्नेसम्म कार्यक्रम अघि सारेका छन् ।

 

Views: 469

प्रतिक्रिया (०)

सम्बन्धित खबर