

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ५मा रहेको बुधबारे हटिया बजारका बारेमा उत्पन्न समस्या समाधानको लागि कार्यदल गठन गरेको छ ।

मंगलबार (आज) बसेको कार्यपालिका बैठकले कार्यदल र सल्लाहकार समिति गठन गरेको हो ।

नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा गठित कार्यदलमा वडा नम्बर ५का वडाध्यक्ष रोहित प्रसाई र पूर्व जनप्रतिनिधि गोपीचन्द्र गिरी सदस्य रहनु भएको छ ।

यस्तै सल्लाहकार समितिमा पूर्व अनारमनि गाविस अध्यक्ष हर्कलाल गिरीको संयोजकत्वमा पूर्व अनारमनि गाविस उपाध्यक्ष लोकवन्धु कन्दङ्गवा र वडा नम्बर ५का पूर्व वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन सदस्य रहनेगरि समिति गठन गरीएको छ । समितिले एक महिना भित्रमा प्रतिवेदन बुझाउने गरि निर्णय गरीएको मेयरका प्रेस सल्लाहकार रमेश तिवारीले बताए ।
Views: 360

