

झापा । झापाको कमल गाउँपालिका ६ गुवाबारीमा सवारी दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ ।
आज बेलुका दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १ ह २४२३ नं को सिटि रिक्सा र बिपरित दिशाबाट जाँदै गरेको को ३८ प १२८३ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाइकल चालक स्थानीय वर्ष २४ को रोशन कोईरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाईकल चालक कोईरालाको टाउकोमा चोट लागेको थियो उनको उपचारकै क्रममा बिर्तामोड स्थित एक अस्पतलामा मृत्यु भएको हो । मोटरसाइकल पछाडी सवार सोही ठाउँका बर्ष १९ का रेवत सुबेदीको न्युरो अस्पताल बिराटनगर, अर्का घाईते बर्ष २१ का भविन मगर विएण्डसी अस्पताल बिर्तामोड र सिटि रिक्सामा सवार बस्ने बर्ष ६५ की सुकमाया माझीको एडभान्स अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुवै सवारी साधन र सिटी रिक्सा चालक बर्ष ५२ को दिलमान माझी प्रहरीको नियन्त्रणमा रहेको साथै उक्त घट्ना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य भइरहेको जानकारी प्राप्त भएको छ ।


