

झापा । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) प्रदेश नम्बर १ को प्रदेश कमिटीले पूर्णता पाएको छ । गत सोमबार बसेको प्रदेश नम्बर १ कमिटीको तेस्रो पूर्ण बैठकले झापाका आठ जना नेतालाई प्रदेश कमिटीमा मनोनीत गर्दै पूर्णता पाएको हो ।

नेकपा (माओवादी केन्द्र) प्रदेश नं. १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) को अध्यक्षता तथा प्रदेश नं. १ इन्चार्ज राम कार्की (पार्थ) को प्रमुख आतिथ्यमा भएको बैठकले झापाबाट आठ जना नेतालाई प्रदेश कमिटिमा मनोनित गरेको छ ।
झापाबाट प्रदेश कमिटीमा मनोनीत हुने नेताहरूमा नितेश योञ्जन, रोशन तिम्सिना, बासु दुलाल, मोहन नेम्वाङ ( सञ्चार) बेदु गौतम, भवानीप्रसाद दंगाल, युवराज दाहाल र धर्म शिवाकोटी रहेका छन् ।

त्यस्तै अन्य जिल्लाहरुबाट पनि प्रदेश कमिटीमा मनोनीत गरिएको नेता बासु दुलालले जानकारी दिए । उक्त बैठकमा प्रदेश नं. १ का केन्द्रिय सदस्य, पोलिट व्यूरो सदस्य लगायतको उपस्थिति रहेको जनाइएको छ । दुईसय २ सय ५८ जना रहेको प्रदेश कमिटीमा बिभिन्न जिल्लाबाट ८८ जना मनोनीत भएको बुझिएको छ ।

