Aamsanchar

सप्तकोशी बाढी प्रभावित ९ सय परिवार को उद्धार

Author Image
बुधवार, साउन १८, २०७९

बिराटनगर । उदयपुरको बेलका नगरपालिका ८ डुब्रिबोटेमा सप्तकोशी नदीले आज बिहान ४ बजे देखि बाँध कटान गरी सिसौली बस्तिमा पानी परेर डुबान शुरु भए पछि उक्त स्थानमा खटिएका नेपाल प्रहरी लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल समेतले डुवानमा परेका स्थानीय वासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम गरेका छन् । डुवानबाट प्रभावित स्थानीय वासीहरुलाई उद्धारका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र प्रदेश प्रहरी गण बिराटनगर बाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको छ ।

सप्तकोशी नदीले बाँध कटान गरी बेलका नगरपालिका ८ को सिसौली बस्ति र बेलाका नगरपालिका ३ को भाटेपुल बस्तिमा बाढी पसेर डुवानबाट प्रभावित भएका ९ सय घर परिवारलाई बेलका नगरपालिका ९ स्थित रहेको डुँडखोला सामुदायिक भवन र सामुदायिक बिध्यालयको भवनमा तथा अन्य सुरक्षित स्थानहरुमा स्थानान्तरण गर्ने कार्य भईरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नविनराज राईले बताए ।

डुवान प्रभावित क्षेत्रको १ नम्बर प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, भौतिक योजना तथा पुर्वधार बिकाश मन्त्री हिमाल कार्की, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, सशस्र प्रहरी बल बराहबाहिनि पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, २ नम्वर बाहिनि इटहरीका प्रमुख सेनानि, जिल्ला प्रशासन कार्यालय उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी समेतले स्थलगत अवलोकन गरेका छन् ।

Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर