Aamsanchar

जीप र अटो रिक्सा जुध्दा एकको मृत्यु, तीन घाइते

Author Image
शनिवार, साउन २१, २०७९

प्रतिकात्मक तस्बिर

काठमाडौं – पाल्पाको रामपुर नगरपालिका–५ सानी अमराईमा शुक्रबार साँझ जीप र अटो रिक्सा आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

कालीगण्डकीको करिडोरमा कालीआँपबाट बेझाडतर्फ जाँदै गरेको लु १ ज ४१३३ नम्बरको जिप र विपरित दिशाबाट आउँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो रिक्सा आपसमा जुध्दा रिक्सा चालक रामपुर बस्ने पाल्पाकै निस्दी गाउँपालिका-२ का ४५ वर्षीय चोक बहादुर ढेंगाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा मिसन अस्पतालमा मृत्यु भएको हो ।यस्तै, दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुवै सवारी साधन सहित जिप चालकलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
1
+1
2
+1
4
+1
5
+1
20
Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर