Aamsanchar

पत्रकार तीर्थ खरेल पितृशोकमा

Author Image
शुक्रवार, भदौ ३, २०७९

स्वर्गीय ईश्वरीप्रसाद खरेल । 

झापा । पत्रकार महासंघ झापाका सदस्य तथा पूर्वाञ्चल दैनिकका स्तम्भकार तथा पत्रकार तीर्थराज खरेललाई पितृशोक परेको छ ।

खरेलका बुबा कनकाई नगरपालिका –४ निवासी ईश्वरीप्रसाद खरेलको ८२ वर्षको उमेरमा शुक्रवार बिहान निवासमै निधन भएको हो । लामो समयदेखि दम रोगबाट पीडित खरेललाई यसअघि बिर्तामोडस्थित पूर्णटुंग बिर्तासिटी हस्पिटल हुँदै विराट नर्सिङ होममा राखिएको थियो । विहीवार राति अबेर घर ल्याइपुर्याँएका खरेलको शुक्रवार बिहान निधन भएको बताइएको छ । आज कनकाई माई घाटमा दाहसंस्कार भएको छ । 

१९९७ साल कात्तिक २० गते खरेलको जन्म भएको थियो । उनी सफल कृषकका रुपमा परिचित थिए ।

खरेलकी श्रीमती राधिकासहित तीन छोराबुहारीहरू तीर्थराज –संगीता, इन्द्रप्रसाद – विष्णुमाया, भूमिप्रसाद –दुर्गा खरेल रहेका छन् । एक छोरी उषा (हुमा अधिकारी) र ज्वाइँ किरण अधिकारीसहित खरेलका चार नाति र तीन नातिनी रहेका छन् । खरेलका जेठा छोरा तीर्थराज पत्रकारसँगै कनकाई माध्यमिक विद्यालय सुरुङ्गा का सहायक प्रधानाध्यापक हुन् भने युनिक बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष तथा कनकाई सुरुङ्गा प्रेस क्लबका संस्थापक अध्यक्ष समेत रहेका छन् । उनी विभिन्न सहकारी संस्थामा आवद्ध छन् । खरेलका माइँला छोराबुहारी बेलायतमा रहेका छन् । कान्छा छोरा भूमिप्रसाद डाबर प्राइभेट लिमिटेडका बिक्री प्रतिनिधिका रुपमा कार्यरत छन् ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 359

प्रतिक्रिया (०)