बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ को जनमैत्री बचत तथा ऋण सहकारी संस्थाको विशेष साधारणसभाले सञ्चालक समितिसहित विभिन्न उपसमितिहरू गठन गरेको छ ।
संस्थाका अध्यक्ष ज्योतिसिंह दर्लामीको अध्यक्षतामा बिर्तामोडमा भएको विशेष साधारणसभाले सञ्चालक समितिसहित उपसमितिहरू गठन गरेको जनाइएको छ ।
संस्थाको सञ्चालक समितिको अध्यक्षमा ज्योतिसिंह दर्लामी, उपाध्यक्षमा चुडामणि पौडेल, सचिवमा तिलक अर्याल र कोषाध्यक्षमा नारायण लुँइटेल चयन भएका छन् । त्यस्तै सदस्यमा भगवती आचार्य पोखरेल र सोमनाथ गौतम चयन भएका छन् भने एक सदस्य बैठकले मनोनित गर्ने जनाइएको छ ।
त्यसैगरी विशेष साधारणसभाले महिला तथा बालबालिका उपसमितिको संयोजकमा नर्वदा अधिकारी, सदस्यमा तारा न्यौपाने, इन्दिरा सुब्बा, अञ्जु कार्की, मुना दर्लामी र द्रौपदा पौडेललाई चयन गरेको छ भने ऋण उपसमितिको संयोजकमा चन्द्र लुँइटेल र सदस्यमा बासु गौतम र युवराज डाँगीलाई चयन गरेको छ ।
सभाले बजेट योजना तथा अनुगमन उपसमितिको संयोजकमा ध्रुव बासकोटा र सदस्यमा प्रदीप बजगाईँ र सपना डाँगीलाई चयन गरेको छ भने शिक्षा, स्वास्थ्य तथा तालिम उपसमितिको संयोजकमा जीवनकुमार खड्का र सदस्यमा डा। शशिचन्द्र यादव, डा। अमरेन्द्रकुमार यादव, जेबी जबेगु, भीम दर्लामी र देवराज राजवंशीलाई चयन गरेको छ ।
त्यस्तै सल्लाहकार समितिमा झलकसिंह दर्लामी, जयप्रसाद भट्टराई र यामकुमार खड्का रहेका संस्थाका व्यवस्थापक मिलन पोखरेलले जानकारी दिए ।