Aamsanchar

ठगी आरोपमा इटहरीमा एक स्वघोषित माता पक्राउ

Author Image
मङ्गलवार, भदौ २१, २०७९

इटहरी । सुनसरीको इटहरी ४ मा स्थानीयलाई बोक्सीको आरोप लगाएर डरत्रास देखाई ठगी कार्यमा संलग्न रहेको आरोपमा आफूलाई माता बताउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई माता बताउने, थान थपना राखेर जोखना हेर्दै आएकी लक्ष्मी राणा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

मगरले अरुलाई बोक्सीको आरोप लगाउने, विभिन्न बहानामा डर त्रास देखाउने र सुन तथा पैसा लिने गरेको स्थनियको आरोप छ ।

उपचारको वहानामा स्थानीयलाई विभिन्न आरोप लगाएर बोक्सी बताउने र बोक्सी झार्ने (रोग निको पार्ने) बहानामा रकम असुल गर्ने मगरलाई उनकै घर परिषरमा रहेको एक मन्दिरबाट नियन्त्रणमा लिएको इटहरी प्रहरीले जनाएको छ ।

मगरले गाँउघरका मानिसलाई बोक्सीको आरोप लगाउने, बोक्सी नझारे परिवारको सदस्यको मृत्यु हुने जस्ता कुराले डर त्रास देखाउने र रकम असुल गर्ने गरेको इलाका प्रहरी कार्यालय इटहरीका सूचना अधिकृत एवम् प्रहरी निरीक्षक भीमबहादुर खड्काले बताए।

सोमबार प्रहरीले पक्राउमा परेकी मगरलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)