Aamsanchar

महिला मुक्ति अभियान द्वारा चारजना महिलालाई सिलाई मेसिन हस्तान्तरण 

Author Image
आइतवार, असोज २, २०७९

बिर्तामोड । लक्षित वर्गका महिलाहरूलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ स्थापना भएको महिला मुक्ति अभियान केन्द्रिय कार्यालयले चारजना महिलाहरूलाई सिलाई सम्वन्धी काम गर्ने मेसिन वितरण गरेको छ ।

आज (आईतबार) बिर्तामोड स्थित एक कार्यक्रमका बिच उक्त मेसिनहरू महिलाहरूलाई वितरण गरिएको हो ।

महिला मुक्ति अभियान मार्फत तालिम प्राप्त गरेर शिलाई कटाई व्यवसायमा लागेका बिर्तामोड निवासी राधिका तुम्रुक, निरू सिवा, कल्पना दनुवार र अनिता राईलाई एक एक थान सिलाई मेसिन कार्यक्रमकी अध्यक्ष तथा महिला मुक्ति अभियानकी केन्द्रिय अध्यक्ष राधा सुब्बा, स्थानीय समाजसेवी व्यवसायी कार्यक्रमका प्रमुख अतिथि मोहन ढकालले  हस्तान्तरण गरेका थिए ।

२०५९ सालमा स्थापना भएको महिला मुक्ति अभियानले महिला हिंसा पीडितलाई शिलाई कटाई, ब्युटी पार्लर, उद्घोषण, नेतृत्व व्यक्तित्व विकास, बुटिक, अगरबत्ती, मैनबत्ती, तान कपडा बुन्ने, भुजिया, चटपटे लगायतका स्वरोजगार मूलक तालिम दिदै आएको संस्थाकी अध्यक्ष सुब्बाले आमसंचारलाई बताइन् ।

हाल सम्ममा महिला मुक्ति अभियानले १ हजार भन्दा धेरै महिलाहरूलाई विभिन्न लघुउद्यम शिल तालिम दिइसकेको र तालिम लिएका मध्येबाट करिव १ सय ५० को हाराहारीमा महिलाहरू स्वरोजगार बनेको सुब्बाले बताइन ।

कार्यक्रममा फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा, वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष स्वस्तिका आचार्य सिटौला, बिर्तामोड नगर कार्यपालिका सदस्य निर्मला गजमेर, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र प्रमुख अतिथि ढकालले मन्तव्यको क्रममा महिला मुक्ति अभियानले गरेको कामको प्रशंषा गरेका थिए ।

संस्थाकी उपाध्यक्ष तिलरुपा श्रेष्ठले औचित्यमाथि प्रकाश पारेकी थिइन, कार्यक्रममा स्वागत सचिव पूर्णवती लिम्बुले गरेकी थिइन भने सञ्चालन पूर्व सचिव विनिता तामाङले गरेकी थिइन् ।

Views: 274

प्रतिक्रिया (०)

सम्बन्धित खबर