Aamsanchar

महावीर अग्रवाल र मार्स प्रसाईँद्वारा साडी वितरण

Author Image
शनिवार, असोज ८, २०७९

मेचीनगर । झापा मेचीनगर –१४ का उद्योगपति महावीर अग्रवालले शनिबार एक कार्यक्रमबीच विपन्न तथा गरिब महिलाहरूलाई साडी बितरण गरेका छन् । स्वर्गीय श्रीमतीको नाउमा महावीर अग्रवालले चाडपर्वलाई लक्षित गरेर ५२ जना महिलालाई साडी वितरण गरेका हुन । गरिब तथा विपन्न ३२ जना महिलालाई साडी बितरण गरिएको छ ।  केही दिनमा अझै २० जना महिलालाई साडी वितरण कार्यक्रम तय गरिएको अग्रवालले जानकारी दिए ।

मेचीनगर –१४ को प्रगति टोल विकास समितिको आयोजनामा तथा अग्रवाल र अर्का उधोगी मार्स प्रसाईँले संयुक्त रुपमा स्थानीय प्रगति टोल, आदर्श टोल, पाथीभरा टोल, सृजना टोल विकास भित्रका महिलालाई साडी वितरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक  समाजका प्रतिनिधि हरिप्रसाद ओली, मेचीनगर –१४ का वडा सदस्य मालमहम्ब्द मिया, मेलमिलाप समितिका संयोजक जीवन प्रसाईं, स्थानीय युवा निरज गौतमलगायतले उद्योगी लाई सल्लाहसुझाव दिदै मन्तव्य राखेका थिए  । बिन्दा प्रसाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रकाश उप्रेतीले गरेका थिए ।

कार्यक्रम अघि प्रगति टोल विकास समितिले साता नियमित कार्यक्रम अनुसार सरसफाइ कार्यक्रम सम्पन्न गरेको थियो । समितिका पदाधिकारी तथा स्थानीयले नवजीवन मार्ग, राजवंशी मार्गको दायाँबायाँ झार बिरुवाका हाँगा, घाँस फडानी गर्दै सरसफाइ गरेका छन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)