Aamsanchar

दुवै मिर्गौला फेल भएका राजुको लागि सहयोगको अपिल

Author Image
शुक्रवार, असोज १४, २०७९

विराटनगर । झापा गौरादह–६ जुरोपानीका २६ वर्षीय राजु खत्रीको दुबै मिर्गौला फेल भएपछि परिवारले सहयोगको अपिल गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै उनको परिवारले सहयोगको अपिल गरेको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गत फागुनमा विराटनगर स्थित विराट नर्सिङ होममा ल्याएर चेकजाँच गर्दा उनको दुबै मिर्गौला फेल भएको थाहा भयो । राजुकी आमा सितादेवी खत्रीले भनिन्, ‘दुई वटै मिर्गौला एकै पटक फेल भएको रिपोर्ट आयो ।’

नर्सिङ होममा चेक गराएपछि राजुलाई केही समय बूढीगंगा स्थित विराट टिचिङ अस्पतालमा राखिएको उनले बताइन् । त्यहाँबाट फेरी काठमाण्डौं स्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई महिना राखिएको उनले बताइन् ।

अहिले फेरी विराट टिचिङ अस्पतालमा नै उपचार भइरहेको उनले बताइन् । अहिलेसम्म ४० पटक भन्दा बढी डाइलासिस गरिसकेको उनको भनाइ छ । मृर्गौला प्रत्यारोपण गर्न धेरै रकम लाग्छ, उनले भनिन्, ‘औषधी खर्च जुटाउन पनि समस्या भइसकेको छ ।’

इच्छुकले प्राइम कमर्सीयल बैंकमा रहेको खाता नं। १०५००१११एम् अथवा ९८१६०४२२२९ र ९८२४०३००९८ मा समपर्क गरेर पनि सहयोग गर्न सक्ने उनले बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
1
Views: 183

प्रतिक्रिया (०)