Aamsanchar

खाल सञ्चालन गर्ने गिरीसहित दाङ बाट १५ जना जुवाडे पक्राउ

Author Image
शनिवार, असोज २२, २०७९

दाङ । दाङ को दंगिशरण गाउँपालिका–डाँडाचिसमा अवैध रुपमा पैसा हारजित हुने गरी जुवा खेलाउदै गरेको अबस्थामा स्थानिय देवराज गिरीलाई प्रहरीले पक्राउ गरेको छ । घरधनी गिरी सहित अरु १४ जनालाई पनि प्रहरीले पक्राउ परेको छ ।

जुवा तास खेल्ने खेलाउने काम भएको भने प्रहरीलाई गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजनकुमार गौतमले आमसंचारलाई जानकारी दिए ।

प्रहरीले जुवाको खालबाट ५ लाख २८ हजार नगद र तासहरु बरामत गरेकोे छ ।

Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर