Aamsanchar

सोलुखुम्बुमा आगलागी : ८ लाख रुपैयाँ बराबरकाे क्षति

Author Image
सोमवार, असोज ३१, २०७९

सोलुखुम्बु  – सोलुखुम्बुमा एउटा घरमा आगलागी हुँदा ८ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ । माप्यदुधकोशी गाउँपालिका-१ जुभिङका पवन विककाे घरमा हिजाे बेलुका आगलागी भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक राम किशोर शाहले विद्युत् सर्ट भइ आगलागी भएकाे जानकारी दिनुभयाे । आगलागीबाट नगद ७५ हजार रुपैयाँसहित घरभित्र भएका सबै सामान जलेर नष्ट भएको ‍उहाँले बताउनु भयाे ।

स्थानीय र प्रहरीको सहयोगमा हिजाे बेलुका पाँच बजेतिरै आगो निभाइएकाे शाहले बताउनु भयाे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)