Aamsanchar

स्काईभेटरमा आगजनी गर्ने पक्राउ

Author Image
बुधवार, कार्तिक १६, २०७९

प्रतिकात्मक तस्वीर ।

ओखलढुंगा । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका –२ मा स्काईभेटरमा आगजनी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिशंखुगढी–१ का २९ वर्षीय तुलसी राज अधिकारी रहेका छन । सृजनशील कन्ट्रक्सन प्रा. लि. को बा .३ ख ४३०६ नम्बरको स्काभेटर चिशंखुगढी -२ स्थित बाङ्गे खोला नजिक सडक छेउमा रोकेर राखेको अवस्थामा कार्तिक १४ गते राती आगजनिबाट पूर्णरुपमा जलेर क्षति भएको थियो ।

तत्काल घटना स्थलमा खटिएको प्रहरी चौकी खानीभञ्ज्याङ र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको प्रहरी टोलीले खोज तलासको क्रममा स्काभेटरमा आगजनी गर्ने अधिकारीलाई भाग्दै गरेको अवस्थामा चिशंखुगढी-१ सुर्केटार स्थितबाट आज बिहान पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट थप अनुसन्धान भइरहेको छ । उक्त स्काभेटर ले माझिटार -हिलेछाप कच्ची भित्री सडक खण्डमा मर्मत कार्य गर्दै आइरहेको थियो ।

 

Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर