Aamsanchar

शहीद सहादत स्थलमा मेचीनगरका चिमरियाले जन्मोत्सव मनाए

Author Image
बुधवार, कार्तिक १६, २०७९

जन्मदिनको अवसरमा फजुल खर्च कटाएर झापा मेचीनगर १२ का राजन चिमरियाले २ जना पत्रकारसहित २२ जना सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेका छ्न् ।

सुखानी स्थित सहिद पार्कमा बुधबार आयोजित कार्यक्रममा चिमरियाले सहिद तथा बेपत्ता परिवार र पत्रकारद्वय लाई रुद्राक्षको माला एवम् मायाको चिनोसहित सम्मान गरेका हुन् ।

कार्तिक १६ गते आफ्नो जन्मदिन पारेर डेरी व्यवसाय सञ्चालन गर्दै आएका चिमरियाले पत्रकारद्वय जिएन शर्मालाई नगद १५ हजार एवम् प्रकाश उप्रेती र २० जना सहिद तथा बेपत्ता परिवारका सदस्यलाई मायाको चिनोसहित सम्मान गरेका हुन् ।

उनले सहिदहरू बिरेन राजवंशी, नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ, राजन ढुङ्गानालगायतको परिवारका सदस्यलाई मायाको चिनोसहित सम्मान गरेका हुन् ।

सहिद, बेपत्ता परिवार र घाइतेलाई कुनैपनि ठाउँबाट उपयुक्त किसिमको राहत एवम् जिविकोपार्जनको श्रोतको व्यवस्थापन नभएको भन्दै  चिमरियाले भने, ‘मैले जन्मदिनमा मात्रै होइन, अन्य समयमा पनि सहयोग गर्दै आएको छु । त्यसैले मेरो जन्मदिनको अवसरमा यति काम गरेको हो ।

चिमरियाले भने ‘यो पटक ४९ औं जन्मदिनमा मैले देशको आमूल परिवर्तनमा आफ्नो जीवन सुम्पिने सहिद तथा बेपत्ता परिवारका लागि सुखानीमा कार्यक्रमको आयोजना गरेको हु ।’

चिमरियाले सहिद तथा बेपत्ता परिवारमध्ये विपन्न परिवारलाई ८० हजार मूल्य पर्ने साथमा बाछि सहितको  होलिस्टेन जातको गाई दान गर्ने घोषणा समेत गरेका छन् । उनले विवाह वर्षगाँठमा विपन्न परिवारलाई गाई बितरण गर्ने घोषणा गतेका हुन ।

ज्ञानेन्द्र घिमिरेले सञ्चालन गरेको कार्यक्रममा पुष्पा गुरागाँईले शुभकामना मन्तव्य राखेका थिए भने सहिद नेत्र घिमिरेको परिवारकी सदस्य मेनुका घिमिरेले सहिद गित प्रस्तुत गरेकी थिइन् । बुवा -आमा घनश्याम –इन्दिरासमेत सहभागी थिए ।

सहिदका परिवारसहित सहभागी ९० जनालाई सुखानी पार्क र चेप्टी  पार्क अवलोकन गराएका थिए ।

चिमरियाले कोभिड महामारीमा आफ्नै लगानीमा बिरामीलाई निःशुल्क औषधि घरघरमै पुर्याउने, होल्डिङ सेन्टरमा रहेकालाई दैनिक सय लिटर निशुल्क दूध बितरण, आगलागी वा अग्नि पीडितलाई राहत  नगद बितरण, सुत्केरीलाई सुत्केरी पोषण बितरण, सयौँ गरिब आदिवासी जनजाति, विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमा गराउँदै छन् भने तिन वटा सरकारी विद्यालयमा दिवा खाजाका लागि निशुल्क दूध बितरण गर्दै सामाजिक कार्यमा अब्बल दर्जाको रुपमा आफ्नो परिचय दिइदै आएका छ्न् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 400

प्रतिक्रिया (०)