Aamsanchar

कुमारी आमाका रुपमा परिचित निहारिकाे छोराको डीएनए शिवराज श्रेष्ठसँग मिल्याे

Author Image
शुक्रवार, कार्तिक १८, २०७९

काठमाडौं : कुमारी आमाका रुपमा परिचित निहारिका राजपुतको छोराको डीएनए उनले आरोप लगाउँदै आएको शिवराज श्रेष्ठसँग मिलेको छ ।

शुक्रबार रिपोर्ट आएको र त्यसमा श्रेष्ठ र राजपुतका छोराको डीएनए मिलेको उच्च अदालत जनकपुरकी प्रवक्ता नूतन झाले  जानकारी दिइन्।

उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए परीक्षण गर्न भदौ ८ मा आदेश दिएको थियो । त्यसपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा गरिएको परीक्षणको रिपोर्ट शुक्रबार आएको हो।

‘रिपोर्ट आज प्राप्त भएको छ’, प्रवक्ता झाले भनिन्, ‘यही कात्तिक २५ गतेलाई साधारण तारेख तोकिएको छ, त्यसपछि पेसी कहिलेलाई चढ्छ भन्ने टुंगो लाग्छ।’

राजपुतले आफ्नो बच्चाको बाबु श्रेष्ठ भएको तर उनले स्वीकार नगरेको भन्दै एक्लै संघर्षमा उत्रिएकी थिइन्। उनले न्याय नपाएको भन्दै राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् ।

त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गर्दा उनी अनशन बसेकी थिइन्। त्यसपछि कानुनमन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति भएपछि उनले अनशन तोडेकी थिइन् ।

सहमतिमा उनको माग बमोजिम आरोपी श्रेष्ठसँग उनको बच्चाको डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)