Aamsanchar

भ्रम पुष्टि भए उम्मेदवारी छोडेर सिटौलाको पछि लाग्छु : राजेन्द्र लिङदेन 

Author Image
आइतवार, कार्तिक २७, २०७९

झापा । झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र लिङ्देनले नेपाल आदिवासी जनजाति महासंघ कसैको प्रायोजित बनेर   समुदायमा धार्मिक र जातीय सद्भाव खल्बल्याउन खोजेको आरोप लगाएका छन् ।

आफूलाई बोलाउँदै नबोलाएको कार्यक्रममा महासंघ ले जनजातिको सवालमा आफू डराएर नआएको भनेर समुदायमा घृणा पैदा गर्ने मनसाय राखेर प्रचार गरेको हिजो भद्रपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले उक्त आरोप लगाएका हुन । 

उनले कार्यक्रममा प्रतिद्वन्द्वी कृष्णप्रसाद सिटौलाले विकासको कामलाई भ्रमपूर्ण प्रचार गरेको भन्दै  लिङदेनले आपत्ती जनाएका छन् । नेपाल सरकारले बनाएको हुलाकी र चन्द्रगढी –चारआली सडक भारतले आफ्नो आग्रहमा बनेको भनेर नागरिकलाई भ्रमित बनाएको र सत्यता भने अर्कै रहेको लिङदेनले बेली विस्तार लाउदै भने ति सडक नेपाल सरकारले बनाएको हो । भारतीय ठेकेदारले काम नगरेर सम्पर्क विहीन भएपछि नेपाल सरकारले अर्को ठेक्का लगाएर काम भएको हेक्का राख्न लिङदेनले सिटौला लाई सुझाव पनि दिए ।  

झापाका पाँचवटै क्षेत्रका उम्मेदवार हरुसंग आदिवासीका अधिकारका बारेमा प्रतिवद्धता जनाउन लगाउने उद्देश्यले महासंघ को झापा शाखाले पाँच स्थानमा उम्मेदवारीहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो । त्यसक्रममा कात्तिक २० गते बिहान ८ बजे भद्रपुर ५ स्थित एभरेष्ट होटलमा झापा क्षेत्र नं ३ का उम्मेदवारहरु संग महासंघ ले कार्यक्रम राखेको थियो । कार्यक्रममा गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौला लगायतका उम्मेदवारहरू सहभागी भएका थिए । तर, एमालेको समर्थनमा उम्मेदवार बनेका राप्रपाका लिङ्देन उपस्थित थिएनन् । निमन्त्रणा गर्दा समेत लिङ्देन नआएको आयोजकले प्रचार गरेका थिए ।

Views: 380

प्रतिक्रिया (०)

सम्बन्धित खबर