Aamsanchar

झापा ३ मा राप्रपा प्रवेशमा लहर, चुनाव जित्नेमा लिङदेन आशावादी

Author Image
मङ्गलवार, कार्तिक २९, २०७९

झापा । झापा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनयता नयाँ सदस्यहरूलाई पार्टी प्रवेश गराउन व्यस्त बन्दै आएका छन् । जनताहरू निर्वाचन नजिकिए सँगै यसरी पार्टी प्रवेश गर्न आउन थालेपछि लिङदेन चुनाव सजिलै जित्नेमा आशावादी बनेका हुन ।

 नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गरिरहेका लिङ्देन केही दिनयता भइरहेका राप्रपा प्रवेशको लहरले चुनाव जित्नेमा ढुक्क रहेको बताउदैन आएका थिए त्यसमा  नेकपा माओवादी केन्द्रका ठुलो समूहले सोमबार पार्टी परित्याग गरेको कारण लिङदेन झन चुनाव जित्नेमा निर्धक्क बन्न थालेका छन् ।  

करिब १३४  जना माओवादीका नेताले पार्टी परित्याग गरेका छन् । यसले गठबन्धन उम्मेदवारको मत काट्ने निश्चित छ,’ राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ भन्छन्, ‘दैनिकजसो राप्रपा प्रवेशले पनि हाम्रो उम्मेदवार अध्यक्षज्यू निर्वाचन हुनेमा शंका छैन ।’  पार्टी परित्याग र प्रवेशले मात्र होइन लिङ्देनले यसअघि गरेको काम र जनताको समस्या सम्बोधनले पनि उनलाई मत दिन जनतालाई गाह्रो नहुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।  ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हुने’ बताउँदै आएका लिङ्देनले भ्रष्टाचारविरुद्ध सुशासन कायममा जोड दिँदै आएका छन् । साथै लामो समयदेखि झापामा देखिएको डुबान र हात्ती आतंक नियन्त्रणमा लिङ्देनले उल्लेख्य काम गरेको बताएका प्रवक्ता श्रेष्ठले झापाली जनताको समस्या सम्बोधनलाई सधैँ प्राथमिकतामा राख्ने गरेकाले अहिले जनताले साथ दिइरहेको बताए ।    

Views: 86

प्रतिक्रिया (०)