Aamsanchar

झापाको काकडभिट्टाबाट दिक्तेलका लागि छुटेकाे बस पल्टियाे

Author Image
बुधवार, माघ ११, २०७९

झापा : खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका नुनथलामा बस दुर्घटना भएको छ। बुधबार बिहान झापाको काकडभिट्टाबाट दिक्तेलका लागि  छुटेकाे खोटाङ यातायातको प्र. १-११-००१ ख ३५०८ नम्बरको बस नुनथला महुरे सडकमा बिहान करिब ८ः३० बजे दुर्घटना भएको डिएसपी मञ्जिल मुकारूङले जानकारी दिए।

बसमा सवार १६ जनामध्ये चार जनाको अवस्था सामान्य रहेको उनले जानकारी दिए। डिएसपी मुकारूङले घाइतेहरूको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जानकारी दिए। बस पिच सडकमा पल्टिएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर