Aamsanchar

घरको छतबाट खसेर रवि लामिछानेका गाडी चालक घाइते

Author Image
सोमवार, वैशाख ४, २०८०

चितवन – रवि लामिछानेका गाडी चालक घरको छतबाट खसेर घाइते भएका छन् ।

बिहान ४ बजे भरतपुर-११ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको घरको छतबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा खसेका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गोडामा र टाउकोमा चोट लागेका थापाकाे  पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।

Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर