Aamsanchar

रक्तचन्दनको तेलको कारोबार गर्ने आठ जना पक्राउ

Author Image
आइतवार, जेठ १४, २०८०

काठमाडौँ –रक्तचन्दनको तेलको अवैध रूपमा कारोबार गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । काठमाडौँको चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रति लिटर रु २ लाख ५० हजारका दरले अवैध कारोबार भइराखेको गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा काठमाडौँका ३० वर्षीय सुशील पाठक, कालिकोटका २८ वर्षीय विनोद बराल, सुर्खेतका ३६ वर्षीय ज्ञान बहादुर ओली, रामेछापका ३५ वर्षीय नवीन दाहाल र ३९ वर्षीय गोकर्ण हरि दाहाल, बाँकेका ५८ वर्षीय निल कान्त भुसाल, धादिङका ६३ वर्षीय मोहन बहादुर विश्वकर्मा र सोलुखुम्बुका ४० वर्षीय खेमराज घिमिरे रहेका छन् ।उनीहरूलाई रक्त चन्दनको तेल सहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर