Aamsanchar

औषधिजन्य प्रयोजनका लागि मात्र गाँजाखेती : अर्थमन्त्री

Author Image
सोमवार, जेठ २९, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कसरी, कुन ‘मोडेल’मा गाँजाखेती सकिन्छ भनेर अध्ययन गर्न बजेट विनियोजन गरिएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार बजेटमाथिका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

“गाँजाखेतीलाई कसरी कार्यान्वयन गर्न सकिन्छ, यो विषयमा गम्भीर होऔँ भनेर अध्ययन गरौँ भनेको हो । एकैपटक खेती गरिहाल्ने, भोलिदेखि नै सुरु गर्ने भनेको छैन,” उनले भने, “यसको कानुनी अड्चनहरू पनि हटाउनुपर्यो । त्यसपछि कुन मोडेलमा अगाडि लग्ने भन्ने पनि छ । अहिले त औषधिजन्य प्रयोजनको लागि मात्र अध्ययन गर्ने भनेको हौँ ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर