Aamsanchar

दहीझोडा ले दिएको लघुउद्यम तालिमबाट ३० जना महिला लाभान्वित

Author Image
बिहिवार, जेठ ३२, २०८०

तालिममा सहभागी महिलाहरु ।

अर्जुनधारा ।  झापाको अर्जुनधार –४ मा रहेको दहीझोडा सामुदायिक वन उपभोक्ताको आयोजना र दहीझोडा हरियाली महिला बचत समूहको व्यवस्थापनमा साबुन, हर्पिक र फिनेल उत्पादन तालिम सम्पन्न भएको छ । जेठ ३० गते देखि सुरु भएको तालिम आज ९विहिबार० सम्पन्न भएको हो ।

सामुदायिक वन क्षेत्रमा रहेका महिला उपभोक्ताहरूलाई उद्यमी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

सामुदायिक वन सँग प्रत्यक्ष सरोकार राख्ने ३० वटा टोलबाट एकएक जना प्रतिनिधित्व हुने गरि महिलाहरूको तालिममा सहभागिता रहेको थियो ।

नमस्ते टेक्निकल इन्स्टिच्युट एण्ड कन्सलटेन्सीको प्राविधिक सहयोग रहेको तालिममा रमेश बराल र स्मृति कार्कीले प्रशिक्षण दिएका थिए । मुख्य प्रशिक्षक समेत रहेका बराल दृष्टि विहीन व्यक्ति हुन ।

तालिम आयोजना गरेको प्रमाण पत्र दिदै नमस्ते टेक्निकल इन्स्टिच्युटका अध्यक्ष दयालाल राजवंशी ग्रहण गर्दै दहीझोडा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकनाथ अधिकारी (ढाकाटोपी) ।

दहीझोडा सामुदायिक वनका अध्यक्ष टेकनाथ अधिकारीको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अम्बरबहादुर कटुवालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कटुवाल, कनकाई सव डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादव, सामुदायिक वनका सल्लाहकार छविलाल लम्साल, निवर्तमान अध्यक्ष खगेन्द्र सुब्बा, प्रजापति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मात्रिका तिमिल्सिनालगायतले दहीझाले महिलाहरूलाई स्वरोजगार उद्यमी बनाउन गरेको प्रयास प्रशंसनीय रहेका धारणा राखेका छन् । त्यसैगरी तालिममा सहभागीहरूको तर्फबाट कोपिला घिमिरे र सर्मिला बुढाथोकीले सामुदायिक बन समितिलाई धन्यवाद दिदै सिकेको सीपलाई व्यवहारमा उतार्ने बताए ।

दहीझोडा सामुदायिक वन उपभोक्ता समुहले विगत एक दशक अघि देखि महिलाहरूलाई गोलबद्ध बनाई हरियाली महिला बचत समुह अन्तरगत मासिक बचत गराउँदै आएको छ । हरियालीमा जोडिएका महिलाहरूले एकआपसमा गरेको बचतबाट ऋण पनि लिने गरेका छन् । सानोतिनो व्यवसायमा लगानी र घरायसी गर्जो टार्दै आएका महिलाहरू क्रमश सामाजिक स्तरमा सबल बन्दै गएका छन् । हरियालीको गठन पनि सुशासन कायम भएको भन्दै अध्यक्ष अधिकारीले खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा नमस्ते टेक्निकल इन्स्टिच्युटका अध्यक्ष दयालाल राजवंशीले औचित्यमाथि प्रकाश, हरियाली महिला समुहकी संयोजक सीतादेवी भट्टराईले स्वागत गरेकी थिइन भने कार्यक्रमको सञ्चालन सामुदायिक वन समिति सचिव विमला तामाङले गरेकी थिइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर