Aamsanchar

झापाका जेसीज शाखाले सम्पन्न गरे ‘जेसीज मार्फत प्रमुख भूमिका’ तालिम 

Author Image
आइतवार, असार ३, २०८०

तलिममा सहभागीहरु ।

बिर्तामोड । वीरता लेडी जेसीजको आयोजना र झापाका अरु १६ वटा जेसीज शाखाहरुको सहआयोजनामा जेसीज मार्फत प्रमुख भूमिका (LEADING ROLE THROUGH THE JAYCEES ) तालिम सम्पन्न भएको छ ।
आज (आइतबार) बिर्तामोडमा जिल्ला भरिका शाखा अध्यक्ष र प्रतिनिधिहरूको सहभागितामा तालिम सम्पन्न भएको हो ।

झापाका जेसीज शाखाहरु अर्जुनधारा, बाह्रदशी, बाहुण्डाँगी, भद्रपुर, वीरता, बुधबारे, चारआली, दमक, धुलाबारी, गौरादह, कचनकवल, कमलनगर, मेचीनगर लेडी, सतासीधाम, सुरुंगा र इलामको सूर्योदय जेसीज सहआयोजक रहेका थिए ।
तालिमको सहजीकरण काभ्रे जेसीजका पूर्व अध्यक्ष जेसीआई नेपालका प्रशिक्षक इन्द्रनारायण भैलाले गरेका थिए । भैलाले जेसीजहरुले समाजमा खेल्नु पर्ने भूमिका, नेतृत्व व्यक्तित्व विकासको लागि गर्नुपर्ने रचनात्मक कार्य र नेतृत्वमा हुनु पर्ने गुणहरूको बारेमा सुझाएका थिए ।

 नेपाल जेसीजका अध्यक्ष विकास मानन्धर ।

वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीको अध्यक्षतामा आयोजित तालिम उद्घाटनमा नेपाल जेसीजका अध्यक्ष विकास मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मान्नधर, विशेष अतिथि नेपाल जेसीज व्यक्तिगत क्षेत्र कार्यकारिणी उपाध्यक्ष कुमारसिंह साँवा, जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष बिनोद बस्नेत, अतिथिहरू वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरी, वीरता लेडी जेसीज पूर्व अध्यक्ष समाजकी अध्यक्ष राधा सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए ।  उनीहरूले वीरता लेडी जेसीज क्षेत्र (क) मा एक उत्कृष्ट काम गर्ने शाखा बनेको र वीरता लेडीले जस्तै अरु शाखाहरु सक्रिय हुन सके जेसीज अभियान पूर्ण सार्थक हुने धारणा राखेका थिए ।

वीरता लेडी जेसीज अध्यक्ष संगीता गिरी ।

कार्यक्रममा नेपाल जेसीजका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाल जेसीजका महासचिव अमलेस ढकाल,    उपाध्यक्ष भिमबहादुर कुँवर, वीरबहादुर बेघा, राजाराम गौतम, गुरुदेव पौडेल, क्षेत्र ९क० निरूपित स्वस्तिका आचार्यको उपस्थिती रहेको थियो ।

वीरता लेडी जेसीज कार्यकारिणी कोषाध्यक्ष सुमित्रा भट्टराईले आस्था वाचन, मिसन भिजन वाचन उपाध्यक्ष प्रभा राय, कार्यक्रमको औचित्यमाथि प्रकाश निवर्तमान अध्यक्ष संगीता चिमरिया र कार्यक्रमको सञ्चालन महासचिव निशा शाक्यले गरेकी थिइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 522

प्रतिक्रिया (०)

सम्बन्धित खबर