Aamsanchar

झापाकाे बिर्तामोडमा सवारी चेकजाँच गरिरहेका दुई प्रहरी कारको ठक्करबाट घाइते

Author Image
सोमवार, असार ४, २०८०

झापा- झापामा सवारी चेकजाँच गरिरहेका दुईजना प्रहरी भारतीय कारको ठक्करबाट घाइते भएका छन् ।

आज राति ८.२५ बजे बिर्तामोड– ६ बुट्टाबारीमा चेकजाँच गरिरहेका अस्थायी प्रहरी चौकी बुट्टाबारीका दुईजना प्रहरीलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको wb 74AA1794 नं को भारतीय कारले ठक्कर दिएको हो ।

ठक्करबाट सहायक हवल्दार शिवनारायण महत्तो र प्रहरी जवान दिपेन्द्र गुरुमैता घाइते भएका छन् । उनीहरुको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनापछि कार चालक फरार रहेको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । अगाडि एउटा सवारीसाधनलाई चेकजाँच गरिरहेका बेला पछाडिबाट आएको सो कारले ठक्कर दिएको जनाइएको छ ।

Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर