Aamsanchar

मेचीनगरमा विवाहमा चाइने सामग्री बनाउने तालिम समापन 

Author Image
मङ्गलवार, असार ५, २०८०

मेचीनगर । झापाको मेचीनगर– ८ मा सञ्चालन भएको सात दिवशिय महिला सीप विकाश तालिम मंगलवार समापन भएको छ ।

मेचीनगर वडानम्वर–८ को आर्थिक सहयोगमा शुभ विवाहमा प्रयोग हुने बरमाला, जडीमाला, साइपाटा, ठेकी, किस्ति बनाउने तालिम समापन भएको हो ।

तालिममा वडाभरिका ४० जना प्रशिक्षार्थी सहभागी थिए । उनीहरूलाई प्रशिक्षक नरमाया गुरूङ, अस्मिता खनाल, इस्मिता धिमाल र प्रिया गुरूङले प्रशिक्षण प्रदान गरेका थिए ।

समापनका अवसरमा प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई अनुरोध गरिन। सीप भए आत्मनिर्भर हुन सकिने उनको भनाई थियो । हातको सीप सवैभन्दा ठुलो सम्पति हुने भएकाले यो कहिले नाश नहुने हुँदा सीप सिक्न जरूरी रहेको उनको भनाई छ । स्थानीयस्तरमा उत्पादन भएका सामाग्रीको बजारको उचित व्यवस्थापनमा स्थानीय सरकार लाग्ने उनले प्रतिवद्धता व्यक्त गरिन ।

यस्ता सीपमुलक कार्यक्रममा नगरपालिका र वडाले समेत बजेट विनियोजन गरेर वडामा दक्ष जनशक्ति उत्पादन गरेर रोजगारको अवसर प्रदान गर्ने उनले स्पष्ट पारिन । यसैकालागि मेचीनगर– ८ मा महिला सीप विकाश केन्द्र सञ्चालनको तयारीमा रहेको जानकारी उपप्रमुख उप्रतीले जानकारी दिइन ।

वडाध्यक्ष गिरीराज धमलाको सभापतित्वमा भएको समापन कार्यक्रममा वडा सदस्य मनकुमारी गिरीले स्वागत तथा वडाध्यक्ष कविता मिजार, सहभागीकातर्फबाट प्रेमकला कार्कीले धराणा राखेका थिए । कार्यक्रमको सञ्चालन वडा सदस्य तथा न्यायिक समिति सदस्य कुन्दन निरौलाले गरेका थिए ।

प्रमुख अतिथि उपप्रमुख उप्रेती, वडाध्यक्ष गिरीराज धमला, वडासदस्यहरू मनकुमारी गिरी र कविता मिजारले सहभागिताको प्रमाण पत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर