Aamsanchar

एडिबिको सहयोगमा २५ जिल्लामा खानेपानी आयोजना

Author Image
बुधवार, फागुन १८, २०७३

काठमाडौँ ।

एसियाली विकास बैँकको सहयोगमा साना सहरी खानेपानी तथा सरसफाइ आयोजना २५ जिल्लामा सञ्चालन भएको छ ।

खानेपानी तथा ढल निकास विभागले एसियाली विकास बैँकको एक अर्ब २५ करोड ऋणमा २५ जिल्लामा आयोजना सञ्चालन गर्न लागेको हो । कार्यक्रम तनहुँ, इलाम, झापा, भोजपुर, सुनसरी, खोटाङ, उदयपुर, सिरहा, धनुषा, सर्लाही, दोलखा, नुवाकोट, रौतहट, चितवन, नवलपरासी, कपिलवस्तु, कास्की, रुकुम, रोल्पा, सल्यान, सुर्खेत, कैलाली, बझाङ, डडेलधुरा र कञ्चनपुरमा सञ्चालन हुनेछ ।

विभागका उपसचिव अरुणकुमार सिम्खडाले ३० प्रतिशत जनश्रमदान र ७० प्रतिशत एसियाली विकास बैँकको सहयोगमा यो कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्य सहर र राजमार्गका बजारमा यो कार्यक्रम सञ्चालन हुनेछ ।”

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सबै जनतालाई आधारभूत खानेपानी पु¥याउने उद्देश्यका लागि दातृ संस्थामार्फत क्रृण लिएर विभिन्न कार्यक्रम सञ्चालन गरेको राससलाई जानकारी दिनुभयो । पहाडी क्षेत्रका बासिन्दाका लागि खोलाबाट मोटरले पानी तान्ने तथा तराईका बासिन्दाका लागि डिप ट्युवेलको व्यवस्था गरिएको बताउनुभयो ।

हाल ८५ प्रतिशत जनताले खानेपानीको उपयोग गरिरहेका छन् । सन् २०१७ को अन्त्यसम्म सबै नेपालीलाई आधारभूत खानेपानी पु¥याउने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको राज्यमन्त्री खड्काले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर