Aamsanchar

झापाको कनकाईमा सुर्तीजन्य बस्तु प्रतिबन्धको अवस्था 

Author Image
बुधवार, साउन ३, २०८०

कनकाई । झापाको कनकाई नगरपालिकामा खुला रुपमा सुर्तीजन्य बस्तुको बिक्री बन्द भएको छ ।
साउन १ गते देखि सधैँका लागि नगरपालिकाले नगर क्षेत्र भित्र सुर्तीजन्य बस्तु बिक्री र सार्वजनिक स्थलमा चुरोट, खैनी र गुट्खालगायतका सुर्तीजन्य बस्तु उपभोग गर्न प्रतिबन्ध लगाए पछि कनकाई क्षेत्रका मुख्य बजारमा सुर्तीजन्य बस्तुको बिक्री बन्द भएको हो ।

नगरपालिकाले गरेको यस निर्णयलाई धेरै सर्वसाधारण र व्यापारीहरूले समर्थन गर्दै नगरको निर्णयलाई कार्यन्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । केही होटल, किराना र चिया पसलहरूमा यहाँ सुर्तीजन्य बस्तु बिक्री बन्द गरिएको छ भनेर सूचना टाँस गरिएको छ । अझै सचेत व्यापारीहरूले सूचना टाँस गर्ने तयारी गरिरहेको बुझिएको छ ।

दुई दिन अघि सम्म कनकाईको मुख्य बजार सुरुंगा, दुर्गापुर, लक्ष्मीपुरमा किराना, पान, चटपटे, चिया खाजालगायतका दोकानहरूमा  बाहिर देखिने गरि गुड्खा, खैनीका पाउचहरु सजाएर राखिएको पाइन्थ्यो । चटपटे ठेलामा त झन ठेलै रंगिने गरि गुट्खाको माला टाँगिएको हुन्थ्यो । आज  मंगलबार भने सबै व्यापारीहरूले देखिने गरि सुर्तीजन्य बस्तु राखेको पाइएन ।

कतिले आत्मै देखि नगरको निर्णयलाई समर्थन गरेर राखेका छैनन भने कतिपयले जरिवानको डरले सुर्तीजन्य बस्तु बेच्न राखेका छैनन् । नगरपालिकाले सुर्तीजन्य बस्तु बिक्री गर्नेलाई ५० हजार र सार्वजनिक स्थलमा सेवन गर्नेलाई ५ हजार सम्म जरिवाना तोकेको छ ।

राजनीति बन्दलाई सधैँको लागि बन्द गराएका कनकाईका सचेत नागरिकहरूले कनकाई नगरपालिकालाई सुर्तीजन्य बस्तुको बिक्री र प्रयोग निशेष दीर्घकालीन सम्म कार्यन्वयन गराउन सक्छन् सक्दैनन् पछि देखिने कुरा हो । हाल भने सुर्तीजन्य बस्तु कनकाईमा  निषेध गर्न स्थानीय नागरिक समाज पनि लागि परिरहेको छ ।

नाम नखुलाउने सर्तमा केही सर्वसाधारण र व्यापारीहरूले आमसंचारलाई भनेका छन् । ‘लुकाई छिपाई केही पसलहरूमा सुर्तीजन्य बस्तु बिक्री गर्ने काम भइरहेको छ ।’ यो कार्य प्रति नगरपालिकाले सुस्म रुपमा अनुगमन गर्नु पर्छ । अनुगमन नगर्ने हो भने एउटाले बिक्री गरिरहने, अर्कोले हेरेर बस्ने कुरा पनि आँउदैन, बाध्य भएर सबैले बेच्नु पर्ने हुन्छ । यस्तो हुन गयो भने कनकाईको बदनाम हुने हो की भन्नेमा उनीहरूको चिन्ता छ ।

स्थानीय सरकार कनकाई नगरपालिकाले नागरिकको स्वास्थ्य हितलाई मध्यनजर गरेर नगरमा सुर्तीजन्य बस्तु प्रतिवद्ध गरेको बताएको छ । तर नगरको यो निर्णय पूर्ण कार्यन्वयन हुनमा निक्कै चुनौतीहरू रहेको छन् । खासगरि लक्ष्मीपुर बजार कनकाई ८ र अर्जुनधारा ५ जोडिएको छ । मुख्य राजमार्ग दक्षिण कनकाई र उत्तर तर्फ अर्जुनधाराको भूगोल पर्छ । अर्जुनधारामा भने सुर्तीजन्य बस्तु निर्वाध रुपमा बिक्री भइरहेको छ । नीतिगत रुपमा अर्जुनधाराका व्यापारीले सुर्तीजन्य बस्तु बिक्री गरिरहेका हुन । कनकाई नगरलाई पूर्ण रूपले सुर्तीजन्य बस्तु प्रतिबन्ध गराउने हो भने कनकाई नगरले अर्जुनधारा नगरपालिका सँग समन्वय गरेर अर्जुनधारा ५ नं। वडालाई पनि सुर्तीजन्य बस्तु बिक्रीमा प्रतिबन्ध गराउनु पर्ने लक्ष्मीपुरका पान पसल सञ्चालक बिक्रम मगरको भनाई छ ।

झापाका सबै पालिकाहरूमा यस्तो प्रतिबन्ध हुने हो भने झापाली नागरिकको स्वस्थ र धनको रक्षा हुने निश्चित छ । यस तर्फ झापाका सम्पूर्ण पालिका जनप्रतिनिधिको ध्यान जान जरुरी छ ।

भिडियो पनि हेर्नुहोस ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर