कठमाडौं,

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले शुक्रबार राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य २५ रुपैयाँ बढाएको जनाएको छ।

मूल्य वृद्धिसँगै प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँबाट बढेर १३ सय ७५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा नै ग्यासको मूल्य बढेको र भारतीय आयल निगमले बढेकै मूल्यमा नेपाललाई ग्यास पठाएको भन्दै मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता सीताराम पोखरेलले बताए।

बढेकै मूल्यमा ग्यास बेच्दा पनि नगमलार्इ प्रतिसिलिन्डर २ सय ९१ रूपैयाँ ५० पैसा घाटा रहेकाे उनले बताए। ‘अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाेले मूल्य वृद्धि गरिएकाे हाे,’ उनले भने, ‘निगमलार्इ ग्यासमा अझै घाटा छ ।’ निगमले डिजेल, पेट्राेल र मट्टितेलकाे मूल्य भने यथावत नै राखेकाे छ ।नागरिकबाट
Views: 121

