Aamsanchar

उडिसामा चट्याङ लागेर १० जनाको ज्यान गयाे

Author Image
आइतवार, भदौ १७, २०८०

नयाँ दिल्ली : उडिसाका छ वटा जिल्लामा चट्याङ लागेर दश जनाको मृत्युभएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ ।

गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर