Aamsanchar

भारतमा एक सय ६० केजी ताैल भएकी महिला खाटबाट लडेपछि….

Author Image
बिहिवार, भदौ २१, २०८०

भारतकाे महाराष्ट्रमा एक महिला खाटबाट लडेपछि उनलाई उठाउन उनका परिवारले दमकल विभागकाे सहयाेग लिएका छन् । महाराष्ट्र राज्यकाे ठाणेमा १ सय ६० केजी ताैल भएकी बिरामी महिला खाटबाट लडेपछि उनलाई उठाउनका लागि उनका परिवारले दमकल विभागकाे सहयाेग लिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वाघविल क्षेत्रमा रहेकी ६२ वर्षीया महिला बिरामी भएका कारण बाहिर आउने–जाने गर्न सक्दिन थिइन् । आज बिहीवार बिहान ८ बजेतिर ती महिला खाटबाट लडेकी थिइन् ।

परिवारले उनलाई उठाउने काेसिस गरे, तर उठाएर खाटमा राख्न नसकेपछि परिवारले दमकल विभागलाई याे घटनाकाे जानकारी दिएका खबरमा उल्लेख छ । सूचना पाएपछि दमकल विभाग घरमै पुगेर ती महिलालाई उठाएर खाटमा राखेका थिए ।

यद्यपि यस घटनाकाे क्रममा महिलालाई कुनै चाेट नलागेकाे बताइएकाे छ । क्षेत्रीय विपद् व्यवस्थापनले यस घटनाबारे भनेकाे छ– ‘हामीलाई विभिन्न प्रकारका फाेन आउने गरेकाे छ, तर याे घटना असामान्य थियाे ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर